Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपालबीच कारोबार सम्झौता

निशा हुमाँगाई

शनिबार, १७ साउन २०७७, ०८ : ०८ मा प्रकाशित

नेपाल एसबिआई बैंक र कम्फर्ट नेपालबीच कारोबार सम्झौता

अर्थ संसार, काठमाडौं - नेपाल एसबीआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपालमा जकी ब्रान्डको अधिकृत बिक्रेता रहेको कम्फर्टले बैंकका ग्राहकलाई लक्षित गरी सम्झौता गरेको हो।

बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी कम्फर्ट नेपाल ट्रेडर्समा कार्ड प्रयोग गरी खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्मको छुट प्रदान गर्ने र अन्य विशेष छुट प्रदान गर्ने सम्झौता गरिएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरी, उक्त सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन्। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको