Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित नेपाल फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, ०६ : ३४ मा प्रकाशित

हकप्रद जारी गर्ने विशेष प्रस्तावसहित नेपाल फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फाइनान्सले बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा एकैचाेटी बाेलाएकाे हाे ।

फाइनान्सकाे साउन १६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भाद्र ११ गते बिहीबार, एल्लाे प्यागाेडा हाेटल कान्तिपथ, काठमाडाैँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, फाइनान्सकाे विभिन्न आर्थिक वर्षकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

फाइनान्सले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एकदिनका लागि फाइनान्सकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ साउन २५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी, सभामा फाइनान्सले निष्कासन गर्न लागेकाे हकप्रद शेयरकाे प्रस्ताव पारित गरिनेछ । फाइनान्सले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेकाे । १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फाइनान्सले २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको