Like us!
Follow us!
Connect us!
Watch us!

सुन फेरि उच्च बिन्दुमा : तोलाको १ लाखलाई ४ सय कम

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, ११ : ४३ मा प्रकाशित

सुन फेरि उच्च बिन्दुमा : तोलाको १ लाखलाई ४ सय कम

अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली बजारमा सुनकाे भाउले दिनहुँ नयाँ रेकर्ड कायम गर्ने क्रम अझै पनि रोकिएकाे छैन । आज (आइतबार) पनि साेही क्रमलाई  निरन्तरता दिँदै सुनकाे मूल्य उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेकाे छ । 

शुक्रबार ताेलाकाे ३ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे सुनकाे मूल्य आज (आइतबार) पनि तोलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ६ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९९ हजार १ सय ६० रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी,आइतबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले बढेर प्रतिताेला १ हजार २ सय ३० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको