Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे उकालाे यात्रामा बल्ल लाग्यो ब्रेक !

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, ११ : ११ मा प्रकाशित

सुनकाे उकालाे यात्रामा बल्ल लाग्यो ब्रेक !

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार बढ्दै दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गएकाे सुनकाे मूल्यले आज (साेमबार) भने ब्रेक लिएकाे छ । दिनहुँ बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज भने स्थिर रहेकाे छ ।

आइतबार तोलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ६ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रहेर साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९९ हजार १ सय ६० रुपैयाँ नै निर्धारण भएको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतिताेला १ हजार २ सय ३० रुपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको