Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिक्री गर्दै, बोलकबाेल कहिले ?

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १२ : २७ मा प्रकाशित

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिक्री गर्दै, बोलकबाेल कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल जारी गर्न लागेको हो । आज (श्रावण १९ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (श्रावण २० गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।  

बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । यो ट्रेजरी २०७७ साल कार्तिक १८ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको