Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले फेरि गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

मंगलबार, २० साउन २०७७, ११ : ०० मा प्रकाशित

सुनकाे मूल्यले फेरि गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । लगातार केही दिनबाट उकालाे यात्रा तय गरी दैनिक नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्यले हिजाे एकदिन भने स्थिर रही उकालाे यात्राबाट ब्रेक लिएकाे थियाे ।

मंगलबार सुनकाे मूल्य ताेलामा दुई सयले बढेर प्रतिताेला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे ९९ हजार ३ सय ७५ रुपैयाँ नै निर्धारण भएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी, मंगलबार पनि चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतिताेला १ हजार २ सय ३० रुपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको