Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १० : ५६ मा प्रकाशित

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । लगातार केही दिनबाट उकालाे यात्रा तय गरी दैनिक नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य आज एक लाख नाघेकाे छ ।

मंगलबार ताेलामा दुई सयले बढेर प्रतिताेला ९९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे सुनकाे मूल्य आज फेरि ताेलामा १६ सय रूपैयाँले बढेर प्रतिताेला एक लाख एक हजार ४ सय रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे एक लाख ९ सय रुपैयाँ  निर्धारण भएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ९५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको