Like us!
Follow us!
Connect us!
Watch us!

'खाने मुखलाई जुँगाले छेक्दैन', प्रेरणाका स्रोत चिजमान गुरूङको कथा (भिडियोसहित)

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, ०५ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – भनिन्छ, "खाने मुखलाई जुँगाले छेक्दैन" । यही भनाइलाई पुष्टि गरेका छन् हङकुक सारङ्ग रेष्टुरेन्टका (Hankook Sarang Resturant) सञ्चालक चिजमान गुरूङले ।

कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं त कतिपय कुरा भाेगेर । जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा धेरै उपयोगी हुन्छन् । भाेगाइकाे कुरालाई चिजमान गुरूङसँग जाेडेर हेर्नुपर्दा उनले पनि आफ्नै भोगाईबाट जीवनमा थुप्रै कुराहरू सिकेका छन् ।

वैदेशिक रोजगारीका लागि काेरिया छिरेका उनी केही वर्ष त्यहाँ काम गरेर  अनुभव बटुली आफ्नै भूमी नेपालमा केही गर्नुपर्छ भन्ने साेची नेपाल फर्किएका हुन् । काेरियाबाट काेरियन खानाकाे अनुभव बटुलेर आएका उनले नेपालमा काेरियन रेष्टुरेन्ट सञ्चालन गर्ने साेच राखे ।

भनिन्छ नी हजार किलोमिटरकाे यात्रा केवल एक कदमबाट सुरु हुन्छ, त्यस्तै भयाे गुरूङकाे व्यवसाय र सफलताकाे यात्रा पनि । रेष्टुरेन्ट खाेल्दा सुरूवाती चरणमा आएका अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढ्नाले आफू केही गर्न सक्षम भएकाे उनी बताउँछन् ।

विदेशमा गएर पैसा मात्र कमाउने नभएर साेच र सीप कमाइ नेपालमा आएर केही राम्राे कामकाे थालनी गर्न उनले युवा पुस्तालाई प्रेरणा दिएका छन् ।

हेराैँ गुरूङकाे प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको