Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुबाट २० अर्ब तान्दै राष्ट्र बैंक

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १० : ५६ मा प्रकाशित

बैंकहरुबाट २० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज (श्रावण २२ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । यसअघि पनि श्रावण १५ गते मात्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेकाे थियाे । उक्त रिपो आज परिपक्क भएकाे छ ।

यसैगरी, सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो श्रावण २९ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको