Like us!
Follow us!
Connect us!
Watch us!

झन्-झन् बढ्दै सुनको भाउ : आज फेरि नयाँ रेकर्ड

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, ११ : १८ मा प्रकाशित

झन्-झन् बढ्दै सुनको भाउ : आज फेरि नयाँ रेकर्ड

अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरिरहेकाे छ । लगातार केही दिनबाट उकालाे यात्रा तय गरी दैनिक नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएकाे छ ।

बुधबार ताेलाकाे १६ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख एक हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे सुनकाे मूल्य आज (बिहीबार) पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख २ हजार ५ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे १ लाख २ हजार रूपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा ५० रूपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ४५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको