Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएन सुनको उकालाे यात्रा !

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, ११ : ११ मा प्रकाशित

राेकिएन सुनको उकालाे यात्रा !

अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली बजारमा निरन्तर बढ्दै गइरहेकाे सुनकाे भाउ बढ्ने क्रम अझै पनि रोकिएकाे छैन । दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य आज शुक्रबार पनि उच्च विन्दुमा पुगेको छ । 

बिहीबार तोलाकाे ११ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख २ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे सुनकाे मूल्य आज (शुक्रबार) पनि तोलामा एक हजार  रूपैयाँले बढेर प्रतिताेला १ लाख ३ हजार ५ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि ताेलाकाे १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा ६० रूपैयाँले बढेर प्रतिताेला १ हजार ४ सय ५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको