Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १६ : ०० मा प्रकाशित

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न आग्रह गरेकाे छ ।

बैंकले काेराेना भाइरस संक्रमणकाे जाेखिम न्यूनीकरण एवमं स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले देशका विभिन्न स्थानहरूमा लागू गरेकाे बन्दाबन्दी, निषेधाज्ञाकाे बारेमा बताउँदै विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेकाे हाे ।

बैंकिङ्ग सेवा प्रवाहमा ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिकाे स्वास्थ्य सुरक्षा तथा संक्रमणकाे सम्भावना न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अनिवार्य रूपमा अबलम्बन गर्न बैंकले आग्रह गरेकाे छ । न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन पनि बैंकले निर्देशन दिएको छ । 

त्यसैगरी, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई  निर्देशन दिएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको