Like us!
Follow us!
Connect us!
Watch us!

कान्ति बाल अस्पतालमा शिशुको उपचार निशुल्क

बुधबार, २३ चैत्र २०७३, १६ : ३२ मा प्रकाशित

कान्ति बाल अस्पतालमा शिशुको उपचार निशुल्क


अर्थ संसार 
काठमाडौँ– सरकारले कान्ति बाल अस्पतालमा नवबजात शिशसको उपचार निशुल्क गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अबदेखि कान्ती बाल अस्पतालमा नाबालक एवम् शिशुको उपचार निशुल्क हुने गरी व्यवस्था मिलाइएको हो ।

प्रधानमन्त्ती तथा मन्त्रिपरिषद् कार्यालयले पनि कान्ती बाल अस्पतालमा शिशुको  उपचार निशुल्क गर्ने व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्यमन्त्री गगन थापाले पनि त्यस्को पुष्टि गरेका छन् । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार नै कान्ती बाल अस्पतालमा शिशुको उपचार निशुल्क गर्न लागिएको बताए ।

स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेर चर्चामा आइरहेका स्वास्थ्य मन्त्री गगन थापाले सामाजिक सञ्जालमा समेत सो कुराको पुष्टि गरेका छन् । अब देखि नवजात शिशुले कान्ति बाल अस्पतालमा निशुल्क उपचार सेवा पाउँने भएका छन् । मन्त्री थापाका अनुसार आजदेखि नै यो योजना लागु भइसकेको छ ।

‘कान्ति बाल अस्पतालमा आजबाट बिरामी नवजात शिशुहरुको निशुल्क उपचार सेवा शुरु भएको छ,’ थापाले जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सामाजिक सञ्जालमा उनको कामको तारिफ समेत हुँन थालेको छ । यसअघि मृगौला रोगी र मुटु रोगीको लागि निशुल्क उपचार व्यवस्था गर्न सरकारले पहल गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सरकारको योजनाअनुसार नै कान्ति बाल अस्पतालमा शिशुको उपचार निशुल्क गर्ने व्यवस्थाको सुरुवात गरिएको बताए । प्रधानमन्त्रीले केही समयपहिले व्यवस्थापिका संसद्मा गरेको सम्बोधनमा केही अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिने बताएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको