अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
आज (साउन २६ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भोली (साउन २७ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको एक सूचनामार्फत जनाएको छ ।
बैंकले ९१ दिनको अवधिका लागि जारी गर्न लागेको १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल २०७७ साल कार्तिक २५ गते परिपक्क हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस