Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न सिद्धार्थ बैंक बोर्डको ढोकामा, ब्याज कति ?

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १० : ४४ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न सिद्धार्थ बैंक बोर्डको ढोकामा, ब्याज कति ?

अर्थ संसार, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेकाे छ ।

 बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन १८ गते आइतबार बोर्डमा आवेदन दिएकाे हाे । जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गर्नेछ भने बाँकी १८ लाख कित्ता भने व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधिका लागि ८.५ प्रतिशत ब्याजदरमा ‘८.५ % एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

त्यसैगरी, यस ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ । 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको