Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ? (सूचीसहित)

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १४ : ३९ मा प्रकाशित

सामुदायिक लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ताे ? (सूचीसहित)

अर्थ संसार काठमाडाैं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४२.६४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले ८ करोड ४० लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा १०.५७ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ६० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि घटेकाे छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ३ करोड ६८ लाख  रूपैयाँ रहेकाेमा हाल १ करोड ९९ लाख रूपैयाँमा झरेकाे छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १० करोड रुपैयाँ, जगेडा कोषमा ८ करोड ८१ लाख ८७ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको