Like us!
Follow us!
Connect us!
Watch us!

फेरि तोलामा २४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, ११ : ३४ मा प्रकाशित

फेरि तोलामा २४ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं –  नेपाली बजारमा हिजाे (बुधबार) भारी गिरावट आएकाे सुनकाे मूल्यले आज फेरि उकालाे यात्रा तय गरेकाे छ ।

बुधबार ताेलाकाे ६ हजार २ सय रूपैयाँले घटेर प्रतिताेला ९५ हजार ४ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य बिहीबार एकैदिन २ हजार ४ सय रूपैयाँले बढेर प्रतिताेला ९७ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

 

 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको