Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा चमक (विवरणसहित)

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १२ : ०० मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार, काठमाडौं – ग्लाेबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १४.३० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले २६ करोड २६ लाख ९६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ८३.५० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड ३१ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो खुद त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि २०.५२ प्रतिशतले बढेर १२ करोड ३७  लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १० करोड २६ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ, जगेडा कोषमा १६ करोड २० लाख ७४ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको