Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबिच सम्झौता

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १२ : ३९ मा प्रकाशित

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबिच सम्झौता

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआई सी एशिया लघुवित्त वित्तीय संस्था बिच सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । 

जस अन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआई सी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ ।

एनआई सी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथाअन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रेलिया, आदिथुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको