Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १५ : ३१ मा प्रकाशित

बढ्याे मिथिला लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

अर्थ संसार काठमाडाैं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २२.६८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले ७ करोड ६५ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ८७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि २ करोड ९५ लाख रुपैयाँबाट बढाएर ३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १० करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ६ करोड ४५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९५ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको