अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भाद्र ७ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंककाे असार २१ गते आइतबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले श्रावण २५ गते आइतबार र कम्पनी रजिष्ट्रार कार्यालयले श्रावण २८ गते बुधबार अन्तिम स्वीकृति दिइसकेका छन् ।
त्यसैगरी, एकीकृत कारोबार गर्ने प्रयाेजनका लागि भाद्र ५ गते शुक्रबार र ६ गते शनिबार बैंकका एटिएम तथा डिजीटल माध्यमबाट हुने काराेबारहरू केही अवरूद्द हुने पनि बैंकले जनाएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस