Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंककाे नाफा घट्दा के भयाे अरू सूचक ? (विवरणसहित)

निशा हुमाँगाई

शनिबार, ३१ साउन २०७७, १२ : ०७ मा प्रकाशित

गरिमा विकास बैंककाे नाफा घट्दा के भयाे अरू सूचक ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.२७ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिसम्ममा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २२ कराेड रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले ७६ करोड २३ लाख २५ रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ११.८३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ८६ करोड ४६ लाख २२ हजार रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसा रहेकाे छ । बैंककाे चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ६ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको