Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, ११ : ४० मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – आज (आइतबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आज सुनकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ ।

आइतबार सुनकाे मूल्य ताेलाकाे २ सय रूपैयाँले घटेर  प्रतिताेला ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,आइतबार तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको