Like us!
Follow us!
Connect us!
Watch us!

चम्किए अपि पावरको अधिकांश सूचक (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १२ : ४७ मा प्रकाशित

चम्किए अपि पावरको अधिकांश सूचक (विवरणसहित)

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चाैथाे त्रैमासकाे विवरण हेर्दा कम्पनीकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले ९ करोड ५७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३५.०४ प्रतिशत अर्थात २ करोड ४८ लाख रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ७ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ३२ करोड ४४ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ८१.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १७ करोड ८७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड १० हजार रूपैयाँ रहेकाे छ । चाैथाे त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसाले बढेर ८ रुपैयाँ ४ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २८ पैसा रहेकाे छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख  रुपैयाँ बराबरको प्रति शेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रदबाट पाएको रकमले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा  लगानी गर्ने जानकारी दिएकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे चाैथाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको