अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले भाेलि सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
भाेलि (भाद्र गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (भाद्र २ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले एक सूचनामार्फत २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।
बैंकले २८ दिनकाे ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस