Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, ०६ : ५५ मा प्रकाशित

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज (भाद्र १ गते, साेमबार) बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

आज (भाद्र १ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (भाद्र २ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले एक सूचनामार्फत २८ दिन र ९१ दिनको अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जानकारी दिएकाे हाे । 

बैंकले २८ दिनकाे ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल भाद्र ३० गते परिपक्क हुनेछ । त्यसैगरी, ९१ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर २ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको