अर्थ संसार काठमाडाैं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।
चौथो त्रैमाससम्ममा संस्थाकाे नाफा ४४ दशमलव १३ प्रतिशतले घटेर ७ करोड ८ लाख रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले ३८ करोड ३८ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा १ दशमलव ९६ प्रतिशत थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३९ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।
यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि १९ करोड ९३ लाख रुपैयाँबाट घटेर ११ करोड २४ लाख रुपैयाँमा सीमित रहेको छ ।
त्यस्तै, संस्थाकाे चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ, जगेडा कोषमा ४५ करोड ५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ५२ पैसा रहेकाे छ ।
संस्थालेसार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस