Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतले यसरी बढायाे नाफा (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १० : २२ मा प्रकाशित

राधी विद्युतले यसरी बढायाे नाफा (विवरणसहित)

अर्थ संसार, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले ७ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ३२.५० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर १५ करोड ९८ लाख रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेकाे छ । चाैथाे त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी  ३ रुपैयाँ ९७ पैसाले बढेर १५ रुपैयाँ ६४ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेकाे छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको