Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे स्वरोजगार लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १० : ४७ मा प्रकाशित

बढ्याे स्वरोजगार लघुवित्तकाे नाफा, कस्ता छन् अरू सूचक ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले ७ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४.६७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले २५ करोड ४२ लाख २६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २४.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २० करोड ३७ लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा भने ९ करोड ९३ लाख ७२ हजार रुपैयाँबाट घटेर ५ करोड ७ लाख ८ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ, जगेडा कोषमा १२ करोड १९ लाख ८८ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७४ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७१ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको