Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य फेरि एक लाख नाघ्यो

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, ११ : २२ मा प्रकाशित

सुनको मूल्य फेरि एक लाख नाघ्यो

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार घटिरहेकाे सुनकाे मूल्य आज (मंगलबार) फेरि एक लाख नाघेको छ । 

साेमबार ताेलाकाे २ सय रूपैयाँले घटेर  प्रतिताेला ९८ हजार २ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (मंगलबार) एकैदिन ताेलाकाे २ हजार २ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ । 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको