Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १२ : ३९ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

अर्थ संसार काठमाडाैं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा संस्थाले २ करोड २३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ९.३४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ४६ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले  ११ करोड १३ लाख ६४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा  ४५.४८ प्रतिशतले घटेर १ करोड ९४ लाख ९४ हजार रुपैयाँमा सीमित रहेको छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ५७ लाख ५६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७ करोड ९२ लाख रुपैयाँ, जगेडा कोषमा ७ करोड ४६ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २८ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ  २१७ रुपैयाँ ८२ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको