Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका ऋणीलाई व्याज छुट

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १३ : २० मा प्रकाशित

नबिल बैंकका ऋणीलाई व्याज छुट

अर्थ संसार काठमाडाैं - नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । 

बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत व्याजदर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ । 

नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने व्याजदरमा ०.२५ प्रतिशत छुट दिएकाे बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् ।

कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउनेछन् । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन् । 

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम ६ करोड रूपैयाँ हस्तान्तरण गरेको बैंकले आफ्नाे दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरूवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ ।

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको