Like us!
Follow us!
Connect us!
Watch us!

५.६८ अंकले बढेको बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार !

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १४ : ५९ मा प्रकाशित

५.६८ अंकले बढेको बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार !

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर एक हजार ४०७.८९ मा पुगेकाे छ । नेप्से ०.४१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.२३ अंकले घटेर २८९.७७ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नागरिक लगानी कोषले अग्रता कायम गर्न सफल भएकाे छ । कोषको १६ कराेड ५८ लाख ९९ हजार ७ सय १९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको