Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा !

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १५ : ३० मा प्रकाशित

रिडी हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा !

अर्थ संसार, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा कम्पनीले आकर्षक मुनाफा आर्जन गरेकाे छ ।

चाैथाे त्रैमाससम्ममा कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा  ६३९ दशमलव ५० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले ४६ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत वर्षकाे तुलनामा ४ करोड २९ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ८५ लाख ४ हजार नाफा आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५५ करोड ७६ लाख रुपैयाँ, जगेडा कोषमा ३ करोड ६१ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी ६ रुपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ४७ पैसा रहेकाे छ । 

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको