Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषलाई आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १६ : ०७ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा कोरोना कोषलाई आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरिएको बैंकले जानकारी दिएकाे छ ।

त्यस्तै, बैंकले यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५-१५ लाख गरी कुल १ करोड ५ लाख रूपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट रू. १० लाख र कर्मचारीको तर्फबाट रू. ५ लाख समावेश गरी रू. १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

यसका साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब रू. ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।


 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको