अर्थ संसार
नेपालगन्ज– क्रियटिभ ह्यान्ड्स, सिद्धार्थ गु्रप, सेलिब्रेटी खबर डटकम र क्रियटिभ ग्रुपको आयोजनामा आजदेखि यहाँ सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सवको पहिलो दिन आज भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा, गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः प्रथम, द्वितीय र तृतिय भए ।
विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव विजेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले माउन्टेन बाइक पुरस्कार प्रदान गर्नुभएको थियो ।
यही चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, डकुमेन्ट्री फिल्म प्रदर्शन, चित्रकला प्रदर्शनी, संस्कृति, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने जनाइएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस