Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको सेवा अब ब्रुनई बाट पनि

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, ११ : ५० मा प्रकाशित

सिटी एक्सप्रेसको सेवा अब ब्रुनई बाट पनि

अर्थ संसार, काठमाडाैं ­- ब्रुनईको ख्यातिप्राप्त SIAMMALI Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ  ।

ब्रुनईमा रहेका नेपालीहरूले SIAMMALI Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यसैगरी, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ८५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र SIAMMALI Remittance को तर्फबाट निर्देशक Pg. Hj. Seruji  bin Pg. Hj. Damit ले हस्ताक्षर गरेका हुन् ।

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको