Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा कोरोना कोषमा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १३ : १९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा कोरोना कोषमा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रूपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।

यस अघि पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले ४९ लाख रूपैयाँ , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रूपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रूपैयाँ गरि हालसम्म कुल ६१ लाख रूपैयाँको सहयोग गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण रउपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रूपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रूपैयाँ पुगेको छ । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको