Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाट एनआइसी एशियाको बैंकको ऋणका लागि आवेदन दिन सकिने

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १६ : ०६ मा प्रकाशित

अब खल्तीबाट एनआइसी एशियाको बैंकको ऋणका लागि आवेदन दिन सकिने

अर्थ संसार,काठमाडाैं - बैंक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् । 

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत वार्षिक व्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष व्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् ।  

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्नेछन् । 

खल्तीले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने छ । खल्तीसँगको सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको एनआइसी एशिया बैंकले जनाएको छ । ग्राहकले खल्ती मार्फत ऋणको लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रकृयाका लागि ग्राहकसँग सम्पर्क गर्नेछ । यसले गर्दा  बैंकको पहुँच विस्तार भएको र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएको छ । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको