अर्थ संसार
काठमाडौं– एक पछि अर्को गर्दै वित्तिय संस्थाहरु एक अर्कामा गाभिने क्रम बढीरेको बेला आर्थिक बजारमा अर्को एउटा समाचार आएको छ । त्यो हो सेन्चुरी कर्मसिएयल बैंकले थप दुई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।
पूँजी बढाउने लक्ष्यका साथ बैंकले थप दुर्य विकास बैंकलाई प्राप्ति गर्न लागेको हो । पछिल्लो समाचारअनुसार पुँजी बढाउने लक्ष्यका साथ दुई विकास बैंक प्राप्ति गर्न लागिएको हो ।सेन्चुरीले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई गाभ्ने तयारी गरेको छ । आगामी असारसम्म बैंकले चुक्तापुँजी बढाएर रु ८ अर्ब पु¥याउनुपर्ने भएपछि सेन्चुरीले इन्नोभेटिभ र अरनिकोलाई खरिद गर्न लागेको हो ।
खरिद गर्ने प्रक्रिया अघि बढी सकेको छ । सो प्रक्रिया अगाडि बढेपछि सेन्चुरीले दुई संस्था गाभेपछि हुने पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।इनोभेटिभले सेन्चुरीसंग बिक्री हुनका लागि आगामी बिहीबार वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाबाट पारित पछि प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ । सेन्चुरीको चुक्तापुँजी हाल रु ४ अर्ब, अरनिकोको चुक्तापुँजी रु ४१ करोड र इन्नोभेटिभको रु ३१ करोड ७५ लाख छ ।रु आठ अर्ब चुक्ता पूँजी पु¥याउनुपर्ने वाध्यताका कारण बैंक तथा वित्तिय संस्थाले अन्य वित्तिय संस्था खरिद गर्ने, प्राप्ति गर्ने तथा मर्जरमा जाने अभियान नै चलाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस