Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत

शुक्रबार, २५ चैत्र २०७३, १४ : २७ मा प्रकाशित

अरुण काबेलीको एक करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार 
 
काठमाडौँ– अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्चेन्जमा आज सूचीकृत भएको छ ।
 
कम्पनीका कार्यकारी अध्यक्ष गुरु न्यौपानेकाअनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड हुँदै स्टकमा आज सो परिमाणको सेयर साधारण सेयरका रुपमा सूचीकृत भएको हो ।
 
सूचिकृत भएको शेयरको प्रारम्भिक मूल्य रु. ९९ देखि रु. २९७  सम्म रहेको छ । कम्पनीको जम्मा २९ लाख १० हजार कित्ता साधारण शेयर आगामी बैशाख तीन गतेबाट खरिद बिक्री गर्न सकिनेछ ।

संस्थापक शेयरधनीहरुको १ करोड ५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको १५ लाख कित्ता तथा कम्पनीमा कार्यारत कर्मचारीहरुको ९० हजार कित्ता प्राथमिक सेयर गत पुस ४ गते प्राथमिक शेयर निष्काशनको बाँडफाँडको मितिले ३ वर्षसम्म लक इन हुनेछ र सो अवधि पूरा भएपछि २०७६ पुस पाँच गते देखि स्वतः फुकुवा हुनेछ ।

नेप्सेमा सूचिकृत हुने यो १२ औं जलविद्युत कम्पनी हो । यस कम्पनीको शेयर रजिष्ट्रार कम्पनी आफंैले गर्ने भएकोले शेयर सम्बन्धि अन्य जानकारी कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाण्डौमा रहेको शेयर शाखाबाट प्राप्त गर्न सकिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
 
कम्पनीको शेयर शाखा आइतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म तथा शुक्रबार बिहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला रहनेछ ।

प्राथमिक शेयर निष्काशनमा आवेदन गर्दा हितग्राही खातामा उपलब्ध गराउनु भएका शेयरधनीहरुको शेयर सिधै, सम्बन्धित हितग्राही खाता जम्मा हुनेछ तर गलत हितग्राही खाता प्रदान गर्नु भएका तथा हितग्राही खाता प्रदान नगर्नु भएका शेयरधनीहरुको शेयर अभौतिकरण गर्नका लागि कम्पनीको वेवसाइटमा उपलब्ध भएको निवेदन सहित नागरिकताको प्रतिलिपी तथा लगायतका कागजात पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
 
कम्पनीको अधिकृत पूँजी  जारी पूँजी  तथा चुक्ता पूँजी रु १ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुक्ता पूँजी  मध्ये संस्थापक शेयरधनी को ७०५ र सर्वसाधरण शेयरधनीको ३०५ शेयर स्वामित्व रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता शेयर मिति गत जेठ तीनगतेदेखि गत जेठ १७ सम्म निष्काशन खुल्ला गरी गत असार २४ गते बाँडफाँड गरेको थियो ।

जनता बैंक र त्रिवेणी गाभिए, असार मसान्तमा सजिलै आठ अर्ब पुग्ने 

58e75d691d5ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको