Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

निशा हुमाँगाई

आइतबार, ०७ भदौ २०७७, १६ : ४६ मा प्रकाशित

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले भाेलि सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

भाेलि (भाद्र ८ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (भाद्र ९ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले एक सूचनामार्फत ९१ दिन र १ वर्षको अवधिका लागि ४ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । 

बैंकले ९१ दिन अवधिकाे २ अर्ब २३ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७७ साल मंसिर ९ गते परिपक्क हुनेछ । त्यसैगरी, १ वर्ष अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्नेछ । यो ट्रेजरी २०७८ साल भाद्र ८ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको