Like us!
Follow us!
Connect us!
Watch us!

अपिको खुद नाफा बढ्यो, तीन करोड ४५ लाख नाफा

शुक्रबार, २५ चैत्र २०७३, १८ : ४० मा प्रकाशित

अपिको खुद नाफा बढ्यो, तीन करोड ४५ लाख नाफा

अर्थ संसार 

काठमाडौँ– अपि पावर कम्पनी लिमिटेडले रु तीन करोड ४५ लाख खुद मुनाफा गरेको छ ।  चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ गुणाले वृद्धि भएको मुनाफा क्रमशः बढ्दै गएको हो । 

अघिल्लो बर्षको सो  अवधिमा कम्पनीले रु २४ लाख ९१ हजार मात्रै नाफा गरेको थियो ।अपिले विजुली बेचेर पहिलो त्रैमासिकमा रु चार करोड ६१ लाख ६१ लाख कमाएको छ । कम्पनीको कुल संचालन खर्च निकै घटेको छ । 

यस बर्ष कम्पनीको संचालन खर्च रु ६४ लाख ९५ हजार भएको छ । अघिल्लो बर्षको यसै अबधिमा संचालन खर्च रु ९२ लाख ६० हजार थियो । 

यस्तै कम्पनीको जगेडा कोष बढेर रु ८ करोड ४२ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा जगेडा कोषमा रु एक करोड ११ लाख मात्रै थियो । 

अपिले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा लगानी बढाएर रु १४ करोड ५६ लाख पु¥याएको छ । 

कम्पनीको सेयर पूँजी रु १ अर्ब छ । कम्पनीको प्रति सेयर आम्दानी ६.५८ रुपैयाँ, प्रति सेयर नेट वर्थ १०४.६८ र पिइ रेसियो ९० गुणा रहेको छ ।

कम्पनीले १ कित्ता बराबर २ का दरले हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ  । सो निवेदनमाथि छिट्टै नै बोर्डले निर्णय गर्ने जनाएको छ । अपि पावरले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना पूरा गरेर विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीले उक्त आयोजना १७ महिनामै पूरा गरेको थियो । यो आयोजना २०७२ साल भदौ देखि राष्ट्रि«य प्रसारणमा आवद्ध छ । अपि पावरको प्रवद्र्र्धनमा माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण हुँदैछ । सो आयोजनाको क्षमता ८ मेगावाट रहेको छ । 

उक्त आयोजनाको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सो आयोजनामा आगामी आवदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको