Like us!
Follow us!
Connect us!
Watch us!

प्रपर्टी एक्स्पोमा घर जग्गा किन्नेको भिड

आइतबार, २७ चैत्र २०७३, १६ : २३ मा प्रकाशित

प्रपर्टी एक्स्पोमा घर जग्गा किन्नेको भिड

अर्थ संसार 
काठमडाौं– राजधानीको भृकुटीमण्डपमा गत शुक्रवारदेखि प्रपर्टी एक्स्पो प्रर्दशनी भईरहेको छ । विभिन्न डिजाईनका घरहरु, सिभिल होम, हाउजिङहरु लगायत घरलाई चाहिने सम्पूर्ण सामाग्री एक्स्पोमा पाईन्छ ।

नेपाल ल्याण्ड एन्ड हाउजिङ डेभलोपर्स एसोसिएसन र सेन्थेसिस एक्जिविसन ईभेन्टले आयोजना गरेको मेलामा एक सय २० स्टलहरु रहेका छन् । मेलामा विभिन्न देशहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान र थाईल्याण्ड सहभागी रहेको सेन्थेसिस एक्जिविसन ईभेन्टका महाप्रबन्धक राकेश कुमार मन्तोरले जानकारी दिए । 

यस मेलामा जग्गा, आवास, निर्माण सामग्री, हाउजिङ , प्रपर्टी डेभलपर्स, वास्तु, आर्किटेक, कन्सट्रक्सन, लगायत घर सम्बन्धी सम्पुर्ण सामाग्रि भएको   महाप्रबन्धक मन्तरले बताए । मन्तरका अनुसार यस प्रर्दशनीमा घर जग्गा किन्न चाहनेका लागि बिभिन्न अफरको ब्यबस्था गर्नुको साथै सिभिल होम किन्दा डाटसन गाडी सितैमा पाईने छ । 

९२ लाख जाने सानेपा हाउजिङ मेलाको अवसरमा ८५ लाख रुपैयाँमा विक्री वितरण भैरहेको हाउजिङकी स्टाफ मनिषा खड्गीले अर्थसंसारलाई जानकारी दिईन् । 

 नेपालमा पाईने काठ, बाँसबाट बनेका स्वदेशी आकर्षक फर्निचरको पनि प्रर्दशनी गरिएको छ । बाँसबाट आकर्षक डिजाईनका टेबल कुर्सी बनाउन सकिने बाँस ब्यबसायका ब्यबस्थापक शंकर रानाले बताए ।  मेलामा एनएमबी बैंकले ५० प्रतिशतम घर लोन दिने व्यवस्था गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको