अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज (भाद्र १५ गते, साेमबार) बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
आज (भाद्र १५ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी ( भाद्र १७ गते, बुधबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जानकारी दिएकाे हाे । उक्त ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस