Like us!
Follow us!
Connect us!
Watch us!

ईन्द्रजात्रामा सानिमा बैंकको सौगात

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, १३ : ३७ मा प्रकाशित

ईन्द्रजात्रामा सानिमा बैंकको सौगात

अर्थ संसार, काठमाडौं – ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा QR Code को यात्रा” योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरूले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल Contactless भुक्तानीको सरल, सुरक्षित माध्यम QR Code  को लागि आवेदन दिँदा ५ सय रूपैयाँ बराबरको मोबाइल टपअप उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरूले घरैबाट रजिष्ट्रेसन गर्न सक्नुहुनेछ जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरू बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन् । 

त्यसैगरी, बैंकमा खाता नहुनेहरूले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर QR Code मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका QR मर्चेन्टले बैंकको तर्फबाट ५ सय रूपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको