Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ग्राहक तथा शेयरधनीलाई स्वास्थ्य सेवामा विशेष छुट

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १२ : ०५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ग्राहक तथा शेयरधनीलाई स्वास्थ्य सेवामा विशेष छुट

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्राइभेट लिमिटेडसँग भाद्र १४ गते एक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/शेयरधनीहरूले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

त्यसैगरी, सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/शेयरधनीहरू साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाईटिसियन सेवामा अधिकतम ३०%, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५%, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरूको डेलिभरी सेवा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको