Like us!
Follow us!
Connect us!
Watch us!

बन्दाबन्दी र निषेधाज्ञा अवधीभरको ब्याज र घरभाडा मिनाहा गर्न माग

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, ०८ : ५९ मा प्रकाशित

बन्दाबन्दी र निषेधाज्ञा अवधीभरको ब्याज र घरभाडा मिनाहा गर्न माग

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्रिय व्यवसायी महासंघले निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ ।

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

महासंघले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा गरिदिनु पर्ने लगायत ५ बुँदे माग पनि अघि सारेको छ।

यसैगरी बन्दाबन्दी अवधिभरको उद्योग–व्यवसायहरुको व्यावसायिक घरभाडा पूर्ण मिनाहाका गर्नुपर्ने महासंघको माग छ ।

यस्तै महासंघले ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगव्यवसायीहरुलाई बिनाधितो सहुलित कर्जा दिनुपर्ने माग पनि अघि सारेको छ। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको