प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज सूचना जारी गरेर १८ लाख ९९ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यस अघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरिएको भए पनि उक्त सेयरमा आवेदन नपरेकाले आम रुपमा सबैले खरिद गर्न पाउने गरि ७ दिनको सूचना जारी गरेर उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नु पर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस