Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १० : १२ मा प्रकाशित

जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २–१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी पराजित हुन पुग्यो । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर, खेलको ९ औँ मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा इक्वेडरले गोल गर्दै अग्रता लियो । गोन्जालो प्लाटाले इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि गोल नहुँदा इक्वेडरले शानदार जित निकाल्यो ।

समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी विजेता र आइभोरी कोस्ट उपविजेता बन्दै नकआउटमा प्रवेश गर्दा इक्वेडर तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको हो । जर्मनी र आइभोरी कोस्टले समान ६ अंक जोड्दा इक्वेडरले ४ अंक बनायो । एक अंक जोडेको कुरासाओ प्रतियोगिताबाट बाहिरियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको